वि.सं.२०७७ असोज -४,आइतवार,ई.सं.२०२० September – २०, शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-तृतीया , ०९:५८ बजे उप्रान्त चतुर्थी,नक्षत्र-चित्रा ०६:१३ बजेदेखि स्वाती , २८:३४ बजे उप्रान्त अनुराधा,योग-
ऐन्द्र , १७:३५ बजे उप्रान्त वैधृति,करण-गर ०९:५८ बजेदेखि वणिज , २०:४५ बजे उप्रान्त कौलव,चन्द्रराशि-तुला,आनन्दादि योग-पद्म, सूर्योदय-०५:५२,सूर्यास्त-१८:०१,दिनमान-३० घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,चोट पटक लाग्ने योग छ, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अध्ययनमा सुधार सफल भइनेछ, आजको शुभ अंक ६ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक १० रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,गोपनीयतामा ख्याल गर्नु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आ जको शुभ अंक ५ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आर्थिक संकट पर्ने देखिन्छ, आजको शुभ अंक २ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,झुटको आरोप लाग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah