काठमाण्डौं। सरकारले कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यसक्रममा भएको खर्च सरकारले व्यहोर्नेछ सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबैभन्दा पहिले १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको हिजो बिहान ७२ वर्षको उमेरमा निधन भएको थियो।