राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
बिहीवार अपराह्न बसेको संसद बैठकमा राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
निर्वाचन आचारसंहिताका कारण यसपटक सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेश थिएनन् ।
संसदमा राष्ट्रपति भण्डारीले जम्मा ३० मिनेट सम्वोधन गरिन् । सम्वोधनको अन्त्यमा राष्ट्रपति भण्डारीले भनिन, ‘नेपाल र नेपालीको जय होस !’
राष्ट्रति भण्डारीलाई सभामुख ओनसरी घर्तीले संसद भवनमा स्वागत र विदाइ गरेकी थिइन् ।



