दमक। झापाको दमक नगरपालिकामा अबदेखि मंगलबार मात्र स्वाब संकलन गरिने भएको छ । यसअघि हप्तामा दुई दिन मंगलबार र शुक्रबार कोरोना संक्रमण भए नभएको जाँच गर्न स्वाब संकलन हुदै आएको थियो ।
अहिले संक्रमणको त्रास कम भएको र संक्रमित दर पनि कम भएकोले स्वाब संकलन हप्तामा एक दिन मात्र गर्ने गरिएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्राईले सवाल नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार गत मंगलबार दमकबाट ९६ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि पठाईकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । दमकमा हाल सम्म एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपनि एक सय ४१ जनाले कोरोना जितिसकेको पनि भट्टराईले जानकारी दिनुभयो ।



