दमक। झापाको दमक नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत मंगलबार दमक बाट पठाइएको ९६ जनाको बाँकी रहेको स्वाबको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा सुन व्यापारी, यातायात व्यवसायी र एक स्वास्थ्यकर्मीको श्रीमान गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुने ३७, ३८ र ४९ वर्षीय पुरुष हुन् । यो सँगै दमकका १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि ९६ पुरुष र ४५ महिला गरी १४१ जनाले कोरोना जितिसकेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।



