केबि महरा/ कैलाली

अत्तरिया जुनियर जेसिसले असोज १६ गते मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरि चुरे गाउँपालिका वडा. न. ६ गेरडे का बाढिपिडितहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल सहितको विशेष सहयोगमा अत्तरिया जुनियर जेसिसले राहत सामग्री बितरण गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत श्रावण १४ गतेको अबिरल बर्षात सङ्गै गएको पहिरोका कारण विस्थापित चुरे-६ गेरडेका स्थानीय ६ घरपरिवारलाई प्रती परिवार ३० के.जि. चामल,१ के.जि दाल, नुन,तेल,मसला तथा साबुनका दरले राहत सामग्री वितरण गरिएको प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल अत्तरिया नगरका नगर सह-सचिव बिरजित बोहोराले जानकारी दिएका छन् ।

पिडित परिवार आफुहरुले राज्यद्वारा उपेक्षा भोगिरहेका बेला पाएको सानो सहयोगले आफुहरुको घाउमा सानै किन नहोस् मल्हम लगाउन सघाएको प्रती सम्पुर्ण सहयोगी हातहरुलाई विशेष धन्यवाद दिएका छन्।

चुरे गाउँपालिका ६ न. वडा कार्यालयको बगैचुलामा अवस्थित अस्थायी भवनमा राहत वितरण भैरहँदा जनप्रतिनिधि भने निरीह मुखदर्शक जस्तै बनेका प्रती स्थानिय पिडितहरु आक्रोशित मुद्रामा थिए ।

जनताको सेवा गर्छौँ भन्दै हिँजोका दिनमा हामी गरिबहरुको लागि समेत केही गर्लान् कि भन्ने आस् राख्दै आफुहरुलेनै भोट दिएर जिताएको तर जितेर गएकाहरु जनताको दुख पीडा हेर्न/ सोध्न कहिल्यै नआएको भन्दै पिडितहरुले दुखेसो ब्यक्त गरेका थिए ।