मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले कामचलाउन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक र व्यापक जनसहभागितामा सम्पन्न गराएको भन्दै बधाई दिएका छन् ।

प्रचण्ड भेट्न रेग्मी शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिब पौने घण्टा लामो छलफलमा रेग्मीले निकै चुनौतीपूर्ण र अप्ठेरो अवस्थामा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको भन्दै प्रचण्डको प्रशंसा गरे ।

उनले प्रचण्डलाई सफल प्रधानमन्त्रीको संज्ञासमेत दिए । ‘धेरै अप्ठेरो अवस्थामा प्रधानमन्त्री बन्नुभएको थियो, १० तिर फर्केका दलहरुलाई संयोजनकारी भूमिकामार्फत एकै ठाउँमा ल्याएर निर्वाचन सम्पन्न गराउनु चानचुने कुरा थिएन’, रेग्मीको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपाईं सफल प्रधानमन्त्री बन्नुभयो ।’

रेग्मीले प्रचण्डको कार्यकालमा छिमेकीसँगको बिग्रँदो सम्बन्ध सुधार भएको, मुलुकलाई लोडसेडिङ मुक्त बनाएको, काठमाण्डु–निजगढ द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको, लामो समयदेखि अलपत्र हुलाकी राजमार्ग निर्माणले तीव्रता पाएको, चीनको महत्वाकांक्षी आयोजना ‘वान बेल्ट वान रोड’ मा प्रतिबद्धता जनाएकोजस्ता मुलुक हितमा काम भएको बताए ।

उनले दोश्रो चरणको निर्वाचनसम्म सरकारमै बसेको भए हुनथ्यो भन्ने गुनासोसमेत व्यक्त गरे । प्रधानमन्त्रीले आलोपालो सरकारको नेतृत्व गर्ने प्रमुख सत्तारुढ नेपाली काँग्रेससँगको पूर्वसहमतिअनुसार बुधबार जनताका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah