मोरङ। मोरङको विराटनगरबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भनिने सत्यजीत साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साह रहेका छन ।

पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १३ गते राती पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनिहरुले online बाट कुन टिमको हारजित हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।