काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले अनशनरत डा. गोविन्द केसीलाई भेट्नु भएको छ । सो क्रममा डा. यादवले उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । पूर्व राष्ट्रपति डा. यादवले १९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

जुम्लामा रहनुभएका केसीले यसपटक पनि त्यहीँबाट सत्याग्रह थाल्नुभएको थियो । भदौं २९ देखि अनशनमा रहनु भएका उहाँलाई असोज ६ गते स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

त्यसपछि उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै सत्याग्रह गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल भने गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय