वि.सं.२०७७असोज- १७,शनिवार,ई.सं.२०२० October- ०३,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-द्वितीया , २९:२९ बजे उप्रान्त तृतीया,नक्षत्र-रेवती , ०८:३५ बजे उप्रान्त अश्विनी,योग-व्याघात , २२:५० बजे उप्रान्त हर्षण,करण-तैतिल १६:२६ बजेदेखि गर , २९:२९ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मीन,आनन्दादि योग-धाता, सूर्योदय-०५:५८, सूर्यास्त-१७:४६,दिनमान-२९ घडी ३० पला,पञ्चक ८:३५ बजे समाप्ति।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
शत्रुबाधा स्वतः हटेर जाला,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, समस्याहरू धेरै आउनेछन्,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आम्दानी प्रशस्तै बढ्नेछ, विभिन्न भौतिक साधन जुट्नेछन्,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,घरपरिवारमा खटपट हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छसुखद समाचारले अझ उत्साह बढ्नेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,नयाँ ज्ञान सिक्ने मौका छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,आम्दानी प्रशस्तै बढ्नेछ,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ,मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
चुनौतीहरू सजिलै पार लाग्नेछन्,आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ५ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आम्दानी प्रशस्तै बढ्नेछ,काम गरेरै प्रशंसा,पुरस्कार,ख्याति आदि पाइनेछ,बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
रमाइलो भ्रमण सम्भावना छ,पौरख गरेर देखाउने समय छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक २ रहेको छ ।



