वि.सं. २०७७ असोज- २०,मंगलवार,ई.सं.२०२० October-०६ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-चतुर्थी , ०९:२४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-कृत्तिका , १६:०५ बजे उप्रान्त रोहिणी,योग-सिद्धि , २४:०९ बजे उप्रान्त व्यतीपात,करण-वालव ०९:२४ बजेदेखि कौलव , २२:१३ बजे उप्रान्त वालव,चन्द्रराशि-वृष,आनन्दादि योग-गद, सूर्योदय-०५:५९, सूर्यास्त-१७:४२,दिनमान-२९ घडी १७ पला,सर्वार्थसिद्धि योग १६:०५ बजेसम्म।व्रत/पर्व- मंगल–चौथी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,घरपरिवारमा खटपट हुन सक्छ,उपचारमा खर्च हुने योग छ, आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – पौरख गरेर देखाउने समय छ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रुबाधा स्वतः हटेर जाला,नयाँ सवारी साधन प्राप्तिको योग छ, आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ, आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वस्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ, आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,रमाइलो भ्रमण सम्भावना छ, आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्,काम पूरा नहुनाले खिन्नता बढ्ला,शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– नयाँ ज्ञान सिक्ने मौका छ,व्यापारमा प्रशस्त फाइदा हुने योग छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – सचेत हुनुहाेला,विगतको श्रमबाट भने लाभ हुनेछ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्, आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ, अाफन्तबाट टाढिनुपर्ला, आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ, सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ, आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ, आतिथ्यपूर्ण सम्मान पाइएला, आजको शुभ अंक ७ रहेको छ ।



