काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले लेखेका छन् ।

यता, रिमालले पनि फेसबुकमा संक्रमणमुक्त भएको जानकारी दिँदै कोरोना केही होइन भन्नु अतिरञ्जना र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो भनेर भनेका छन् । उनले भनेका छन्, ‘तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ लापरवाहीले ज्यानै जान सक्छ ।’

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर