
काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसिएल नेपालले दशैं, तिहार, छठ तथा नेपालसंवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्मपन्न गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्र्रेष्ठले शुभकामना राख्दै नयाँ क्रान्तिको थालनीका लागी युवाहरुको अझै जिम्मेवारी बढेको बताएका थिए ।
माओवादी केन्द्रका नेताहरु पम्झा भूसाल, गिरीराजमणी पोखरेल, टोपबहादुर रायमाझि, हरिबोल गजुरेलको उपस्थिति थियो भने मन्त्रीहरु जनार्दन शर्मा र अजयशंकर नायक उपस्थित रहेको कार्यक्रममा अन्य दलका युवा संगठनका प्रमुख तथा प्रतिनीधि उपस्थित थिए एमाले युवा संगठनबाट राजिव पहारी, तरुण दलबाट अध्यक्ष उदयसम्शेर राणा, फोरमबाट सुनिल चौधरी लगायतको उपस्थिति थियो ।
साँस्कृतिक कार्यक्रम सहित सम्पन्न वाइसिएलको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष आरसी शर्माले शुभकामना मन्तव्य राखेका थिए ।