मेष- कला संगीत एवं ध्यान साधनामा प्रगति मिल्नेछ । अध्ययनमा सामान्य प्रगति हुनेछ । सन्तानसँग भेटघाट एवं आर्थिक अवस्था सुध्रिनेछ । आम्दानीको स्तर बढ्नाले कारोबारमा सफलता एवं घरायसी विवाद कम हुने । मुद्दा मामिला टुंगिने एवं आपसी वैमनस्यतामा मैत्री भाव आउनेछ । घरबाट बाहिरको काम बन्ने एवं यात्रामा खर्च हुनेछ । साताको अन्त्यमा भने पारिवारिक मेलमिलाप, प्रेमी प्रेमिका बीच सुमधुर सम्बन्ध बढ्ने एवं मिष्ठान्न भोजनको सुख मिल्नेछ ।

वृष- साताको शुरुमा घरायसी विवाद आउनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । मित्रतामा बाधा आउने एवं माया प्रेममा मनमुटाव हुनेछ । आपसी सरसल्लाह नमिल्नाले व्यक्तिगत काममा बाधा आउनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं कृषि तथा तरल पदार्थबाट व्यावसायमा फाइदा हुनेछ । नयाँ मित्रता गाँसिने एवं सवारी साधन तथा भोग विलासमा खर्च बढ्नेछ । नयाँ ठाउँको भ्रमण तथा पारिवारिक भेटघाटमा भने खुशीयाली बढ्नेछ ।

मिथुन- नयाँ काममा जोश र जाँगरले प्रगति मिल्नेछ । रोजगारीमा बढी जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा आउनेछ । छोटो यात्रा हुनेछ । व्यापार व्यावसायमा फाइदा एवं काममा जिम्मेवारी थपिनेछ । साथीभाइ एवं दाजुभाइको सहयोगमा सामुहिक काम बन्नेछ । भोगविलास एवं खानपानमा खर्च बढी हुनेछ । महिला बर्गसँग दुष्मनी एवं पारिवारिक वादविवाद हुनेछ । पेटको समस्या तथा चिसो स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने संगित तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

कर्कट- वैवाहिक कुराले स्थान पाउनेछ । आफन्तको सहयोग मिल्नाले पुरानाे व्यवहार मिल्नेछ । मिठो बोलीले काममा राम्रो प्रभाव पर्नेछ । धनको सुख मिल्ने एवं सम्पत्तिको कारोबार बढ्नेछ । सन्तानबाट सहयोग एवं विदेशबाट धन प्राप्तीको योग देखिन्छ । नयाँ सरसामानमा खर्च हुने तथा छोटो यात्राको सुख मिल्नेछ । दिदीबहिनी तथा आफन्तबाट धनको सहयोग हुनाले घरायसी काम बन्नेछ । साताको अन्त्यमा भने परिवारमा विवाद आउने एवम स्वास्थ्यमा समस्या देखिनेछ । आफन्तसँगको कारोबारमा विवाद एवं समस्या हुन सक्नेछ ।

सिंह- साथीभाइसँग घुमघाममा समय र पैसा बढी खर्च हुनेछ । पारिवारिक काममा व्यस्तता बढ्नेछ । मनोरञ्जनमा खर्च हुने तथा नयाँ ठाउँको भ्रमण हुनेछ । नयाँ नाता गाँसिने तथा वैवाहिक सुख मिल्नेछ । भोग विलास एवं सावरी साधनमा खर्च बढ्नेछ । आफन्तको सहयोगले सानोतीनो व्यवहार टर्नेछ । नरम बोलीको प्रभावले ठूलावडासँग सम्बन्ध बन्नेछ । साताको अन्त्यमा भने काममा जिम्मेवारी थपिने एवं यात्रामा झन्झट आउनेछ । सवारी साधनले धोका दिने एवं खर्चमा वृद्धि हुनेछ ।

कन्या- महत्वपूर्ण सरसामान हराउन सक्नेछ । अनावश्यक ठाउँमा खर्च बढ्नेछ । साथीभाइसँग रमाइलो एवं खानपिनमा पैसा बढी जानेछ । सरसामान हराउन सक्ने एवं व्यवसायमा घाटा हुन सक्नेछ । साताको मध्यमा भने प्रेममा प्रगती, आफन्तसँग भेटघाट एवं नयाँ मित्रता शुरु हुनेछ । परिवारजनसँग रमाइलोमा खर्च बढ्ने एवं भोजभतेर रमाइलो हुनेछ । साताको अन्त्यमा भने व्यवसायमा आम्दानी बढ्ने एवं लगानीका राम्रो प्रतिफल आउनेछ । धनसम्पत्तिको सहयोग मिल्नाले पूराना व्यवहारमा राहत मिल्नेछ ।

तुला- मित्र एवं नातागोताबाट सहयोग हुनेछ । सोचेको एवं आँटेको कुरामा सफलता मिल्नेछ । विद्याध्ययन रुचि हुने तथा कला, साहित्य, संगीतमा पहिचान मिल्नेछ । आम्दानीको स्तर बढ्ने एवं धनसम्पत्तिको सहयोग मिल्नेछ । साताको मध्यमा भने बढी खर्च हुने एवं यात्रामा झन्झट आउनेछ । आफन्तसँग सामान्य मनमुटाव हुने तथा चिसोको समस्या हुनेछ । साताको अन्त्यमा भने पारिवारिक भेटघाट एवम विलासितामा धन खर्च हुनेछ । आफन्त भेटघाट तथा सन्ततीबाट खुशीयाली मिल्नेछ ।

वृश्चिक- जिम्मेवारीमा काम थप हुनेछ । ठुलाबडाको सहयोगले अड्केको काम अगाडि बढ्नेछ । राजनीतिक पहिचान मिल्नेछ । सरकारी क्षेत्र तथा विशिष्ट व्यक्तिहरुबाट प्रशंसा मिल्नेछ । काममा जस मिल्नाले प्रतिष्ठा कायम हुनेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा धनको कारोबार बढ्नेछ । पारिवारिक प्रेममा प्रगति हुने एवं वैदेशिक धनको सुख मिल्नेछ । शैक्षिक कार्यमा प्रगति र व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले व्यवहारमा सहायता मिल्नेछ । भोज भतेर एवं खानेकुरामा लगानी बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा झन्झट हुने तथा सामान्य बाधा आउन सक्नेछ ।

धनु- सामाजिक एवं सामुहिक काममा जिम्मेवारी बढ्नेछ । धर्म कर्ममा रुचि जाने एवं धार्मिक यात्रा हुनेछ । ठूलावडासँग भेटघाट एवं सामाजिक काममा मन जानेछ । काममा प्रशंसा मिल्नाले पदोन्नतीको सम्भावना देखिन्छ । परोपकार तथा दान, धर्म, पुण्य कर्ममा समय व्यतित हुनेछ । विदेशबाट सहायता मिल्ने एवं यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने धन प्राप्ती तथा व्यापार व्यवसाय एवं लगानीमा राम्रो प्रतिफल आउनेछ । कृषि पशु चौपायाबाट आम्दामी हुने एवं माइती मावलीबाट व्यवसायमा सहयोग मिल्नेछ ।

मकर- नोकरी रोजगारीमा आरिस गर्नेले समस्या दिन सक्नेछन् । कामबीचमा रोकिनाले आर्थिक घाटा व्यहोर्नु पर्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । काममा झन्झट मिल्ने एवं शुरु गरेको काम बीचमा रोकिनेछ । समझदारीमा बाधा आउने तथा योजना विफल हुनेछ । साताको मध्यमा भने पारिवारिक काममा व्यस्तता बढ्ने एवं धर्म, कर्मममा समय बित्नेछ । छोटो यात्राको सुख मिल्ने तथा पारिवारिक काममा अलमल हुनेछ । साताको अन्त्यमा भने सामाजिक पहिचान मिल्ने तथा राजनीतिक मुद्दामा आफ्नो पहिचान बन्नेछ ।

कुम्भ- साझेदारी काममा फाइदा आउन थाल्नेछ । वैवाहिक कुरा अगाडि बढ्ने एवं प्रेममा मिठो व्यवहार मिल्नेछ । पारिवारिक भेटघाट एवं यात्राको अवसर बन्नेछ । साथीभाइसँग रमाइलो एवं धार्मिक यात्रा हुनेछ । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा खुशी प्राप्त हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा एवम काममा उल्झन आउनेछ । मित्रतामा बाधा आउने एवं आफन्तले काम बिगार्न सक्नेछ । साताको अन्त्यमा भने धर्मकर्ममा खर्च हुने । यात्राको सुख मिल्ने एवं ठूलावडासँग भेटघाट रहने तथा सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ ।

मीन- विरोधी पक्षबाट भय एवं समस्या कम हुनेट । वादविवाद एव प्रतिष्पर्धामा जित हासिल हुनेछ । स्वास्थ्यमा सुधार हुने एवं मित्रता बलियो बन्नेछ । कुटुम्ब भेटघाट एवम पारिवारिक भोजभतेरमा सहभागिता मिल्नेछ । खेलकुद एवम सांगितिक क्षेत्रमा प्रगति हुनेछ । साझेदारी लगानीमा फाइदा, व्यापार व्यवसायमा नाफा एवं साथी भाइको भेटघाटमा खर्च बढ्नेछ । साताको अन्त्यमा भने यात्रामा बाधा एवं स्वास्थ्यमा समस्या तथा काममा रोकावट हुनेछ । गुप्त शत्रुले बाधा गर्नछन् र नजिकका व्यक्तिबाट धोका हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah