काठमाडौँ –यातायात ब्यबस्था बिभागले गत सुक्रबार एक सुचना मार्फत पुरानै भाडादर कायम गरिएको र अब पुरै सिटमा यात्रु राख्न सकिने भनी एक सुचना जारी गरेको थियो तर काठमाडौ चक्रपथमा सन्चालन गरिने प्राय सबै सार्वजनिक सवारिले भने सरकारको उक्त आदेस सोझै उल्लंघन गर्दै मनोमानी रुपले बृद्दि भाडादर असुल्दै आईरहेका छन् । चक्रपथ भित्र तथा बाहिरको रुटमा चल्ने छोटोदुरिका प्राय सबै सार्वजनिक सवारिले दोब्बर भाडा असुल गरिरहेको पाईएको हो ।

पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । समाचार रिपोर्टिङ्गको क्रममा पुरानो बसपार्क हुँदै किर्तिपुर रुटमा सन्चालन हुने सवारिले सबै सिटमा यात्रु हाल्ने गरेको र भाडा समेत ५० प्रतिशत बढि असुल्ने गरेको पाईए पछि एक व्यावसायिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आफुहरुलाई सवारी भाडादर फेरबदल गरिएको बारे कुनै जानकारी नगरिएको र उक्त सरकारको पछिल्लो निर्णय उपत्यका बाहिरका सार्वजनिक सवारिको हकमा मात्रै लागू हुन सक्ने बताएका थिए। चाडपर्वको समयमा प्राय अनियमितता मौलाउने गरेको भएता पनि संबन्धित निकायको उदासिन कार्यशैलीले गर्दा जनताले सास्ती भोग्नु परेको हो ।