पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ४७४ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४९ महिला र ३२५ पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।