झापा/ झापाको बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखापरेपछि उपचारका लागि विराटनगर स्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएका भुजेललाई आज कोरोना पुष्टि भएको गाउँपालिकाको उप–प्रमुख मिरा भुर्तेलले जानकारी दिनुभयो ।
भुर्तेलले भन्नु भयो, वहाँमा कोरोनाको जस्तै लक्षण देखिएपछि उहाँको सम्पर्कमा आएकाको तथा जनप्रतिनीधि र कर्मचारीको गरी एक सय २० जनाको स्वाव संकलन गरि पीसीआर परीक्षणको लागि पठाइएको छ । यद्यपि सोको रिपोर्ट भने अझै आएको छैन् । भुर्तेलका अनुसार गाउँपालिका प्रमुखमा कोरोना संक्रमण पुष्टि भएसँगै अत्यावस्यकीय बाहेकका सबै सेवा पूर्ण रुपले बन्छ गरिएको छ ।
कन्ट्रयाक टे«सिङ्गको रिपोर्ट नआए सम्म सेवा बन्द नै रहने पनि उप–प्रमुख भुर्तेलले जानकारी दिनुभयो । बुद्धशान्तिमा अहिले सम्म २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र त्यसमध्ये १८ जना कोरोना जितेर घर फर्किसकेको गाउँपालिकाका फोकल पर्सन भोला अधिकारीले जानकारी दिनुभयो ।



