बिष्णुप्रसाद पोखरेल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकारको पक्षमा आफू रहेको बताएपछि अहिले नेपाली राजनीतिमा नयाँ किसिमको तरंग पैदा भएको छ ।

माओबादी केन्द्रका अध्यक्ष तथा कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको आधारमा काँग्रेस सभापति शेरबहादुर देउवालाइ सत्ता हस्ताण्तरणका लागि राजिनामा दिएको बताइरहदा सर्वस्वीकार्य राष्ट्रिय सहमतिको सरकारको पक्षमा एमाले रहेको बताएपछि यसले राजनीतिक तंरग ल्याएको हो ।

ओलीले कुनै अमुक ब्याक्तिको नाममा राष्ट्रिय सहमति गरौ भनेर नहुने बताउदै जसको नाममा सहमति बन्छ उसको नाममा सरकार बनाउने पर्ने धारणा सार्वजनिक गरेकाहुन् ।

यसमा फेरी पनि प्रचण्ड वा देउवा वा केपी शर्मा ओली पनि हुनसक्छ । ओलीले भनेकाछन्—‘जसको नाममा सहमति बन्छ त्यसको नाममा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, एमाले राष्ट्रिय समतिको सरकारको पक्षमा रहेको छ ।’

ओलीको चाहाना तत्काल  प्रचण्डले राजिनामा नदिए हुन्थ्यो भन्ने रहेको थियो । देउवालाइ सहजै प्रधानमन्त्री स्वीकार गर्न नसक्ने ओलीको मनाशय यसलाइ बुझ्न सकिन्छ ।

यसर्थ देउवाको पक्षमा राष्ट्रिय सहमति नबन्न सक्छ । काँग्रेसभित्रैबाट रामचन्द्र पौड्याल या अन्य कोहि ब्याक्ति अघि सारेमा एमालेले के गर्ला त्यो पनि चासोको बिषय छ ।

कतिपयले यसलाइ ओली आफै प्रधानमन्त्री बन्न खोजेको भनेर सामाजिक सञ्जाल र बिभिन्न सञ्चारमाध्यमहरुमा उल्लेख गरेकाछन् ।

यद्यपि यस पार्टीको आधिकारीक धारणा आइसकेको छन् । एमालेबाट भावि प्रधानमन्त्रीको रुपमा बामदेब गौतमलाइ पनि अघि बढाउने प्रयत्न भइरहेको श्रोतहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah