अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको सामान सहित प्रहरीले मोरङको विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले करिव ६ लाख मुल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट हिजो गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

भारतीय सिमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो भनि विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौक स्थितबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको हो । प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाई छीपाई स्टोर गरी राख्दै आएका थिए ।

उनलाई हिजो बेलुका सवा ८ बजे उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तस्कर नियन्त्रण तथा भन्सार छली नियन्त्रण गर्ने अभियान स्वरुप तथा कानुन विपरित अवैध रुपमा चोरी निकासी पैठारी रोक्ने अभियान स्वरुप विशेष कदम चालिएसंगै यसरी अवैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाउदै आईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah