मेष- सन्तानको सहयोगले धनको कारोबार मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । लगानीमा सन्तोष हुनेछ । आम्दानीको स्राेत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवम् भूमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइती मावली पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवम् सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम् पारिवारिक खर्च बढ्नेछ । अनावस्यक चिन्ताले दुष्मनी बढ्नेछ । सवारी साधनले समस्या दिनेछ । यात्रामा झन्झट र ढिलासुस्ती हुनेछ ।
वृष- सामाजिक काममा सफलता मिल्नेछ । ठूलावडाको सहयोगले पुरानो काममा प्रगति हुनेछ । नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवम् काममा जस पाइनेछ । संगीत एवम् कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्नेछ । तथा व्यापार व्यवसायमा सामान्य आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । गुप्त शत्रुको भय रहनेछ । मानसिक चिन्ताले जिम्मेबारीमा बाधा आउनेछ ।
मिथुन- सामाजिक एवं धार्मिक काममा समय व्यतित हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम् सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवम् सम्मानको योग रहेको छ । ठूलावडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा धनको प्राप्ति हुनेछ एवं सवारी सुख मिल्नेछ । साथीभाइको साथमा धनको व्यय हुनेछ ।
कर्कट- शुरु गरेको काममा वादविवाद आउनेछ । नयाँ जिम्मेवारीको काम अधुरो हुनेछ । अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवम् प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पूरा हुने देखिन्छ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवम् राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ । जिम्मेवारी मा प्रशंसा आउनेछ ।
सिंह- वैवाहिक सम्वन्धमा प्रगति हुनेछ । प्रेममा खुशी बढ्नेछ । साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साझेदारीमा फाइदा एवम् व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम् स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । धन बढी खर्च हुने तथा काम लम्बेर जानेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम् राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।
कन्या- मीठो भोजनको सुख मिल्नेट । पारिवारिक काममा व्यस्तता बढ्नेछ । प्रतिष्पर्धामा विवाद आउनेछ । व्यक्तिगत काम पर सर्नेछ । घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम् नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवम साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवम् पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवम् साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ । साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।
तुला- सांगीतिक कार्यमा रुचि र संलग्नता जानेछ । नाताबाट आर्थिक सहयोग मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम् आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जीत हुने तथा ठूला वडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवम् रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवम् प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ । समझदारीमा पूरानो विवाद टुंगिनेछ । नयाँ कूल कुटुम्बको सहयोग एवं साथ मिल्नेछ ।
वृश्चिक- साताको शुरुमा मित्रतामा वाधा आउनेछ । घरायसी काममा बाधा आउने स्वास्थ्यमा खर्च बढ्नेछ । मानसिक चिन्ता बढ्ने एवम् घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवम् मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्नेछ । पशुचौपायाबाट आम्दामी हुनेछ । खाद्यान्नको व्यापारमा फाइदा हुने एवम् सम्पति जोरजम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवम् शारीरिक परिश्रम एवम् जिम्मेबारीको भार बढ्नेछ ।
धनु- सरसापट लेनदेनमा धनको व्यय हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । पूरानो काममा जिम्मेबारी बढ्नेछ । पूरानो काममा फाइदा मिल्नेछ । छोटो एवं रमाइलो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवम् पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा बाेझ थपिनाले काम अधुरो रहनेछ । हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवम् सन्तानको स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवम् लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।
मकर- धनकोे कारोबारमा वृद्धि हुनेछ । आफन्तको सहयोगमा काम अगाडि बढ्नेछ । सभा एवम् गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना शुरु हुने एवम् पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवम् ठूलावडासँग भेटघाट हुनेछ । कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवम् परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ । विरोधीहरुले काम एवं जिम्मेवारीमा कलहको सृजना हुनेछ ।
कुम्भ- समझदारीको काममा योजना बिग्रिनेछ । आफन्तबाट आलोचनाको भय हुनेछ । आलस्यताले काममा अधुरो हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागिदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवम् आर्थिक सहयोग मिल्नेछ । खानपिनमा रमाइलो एवम् साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुनेछ । पैसाको अभाव रहने एवम् वैदेशिक कामबाट झन्झट मिल्नेछ । नयाँ ठाउमा हिड्डुल बढी हुनेछ ।
मीन- छोटो यात्राको सुख मिल्नेछ । सरसामान हराउन सक्नेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम् सरसहयोगमा धन सकिनेछ । मानसिक चिन्ता बढ्ने एवम् योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवम् पारिवारिक सहयोग मिल्नेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवम् लगानीमा नाफा मिल्नेछ । धार्मिक काममा व्यस्तता बढ्ने एवं सम्पत्तिको सुख मिल्नेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



