समाजसेवा गर्नलाई पद नै चाहिन्छ भन्ने हुदैन इच्छाशक्ति भएमा जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । झापाको साविक तोपगाछी ७ र कमल गाँउपालिकाका अग्नी कोइराला ।

उनले शुक्रबारबाट आफ्नो वडा भित्र कसैको मृत्यु भएमा मलामीका लागि आफ्नो स्वामित्वमा रहेका दुईओटा बस निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

वन्डरलेण्ड अंग्रेजी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका कोइरालाले मानवीय संमवेदनाले आफुलाई मन छोएको र आफुले समाजमा सानो भएपनि समाजमा सेवा गरौं भनेर आफ्नो वडामा कसैको मृत्युभएका मलामी बोक्न निःशुल्क दुई वटा स्कुल बस उपलब्ध गराउने निर्णय गरेको बताए ।

साविक तोपगाछी ७ मा ६ हजार जनसंख्या रहेको र अबदेखि कसैको मृत्युभएमा विद्यालयका बस उपलब्ध गराउने जानकारी दिए । उनले मृत्यु भएका परिवारमा मलामी लगेको बसको भाडा त्यही दिन वा केही दिनमा नै तिर्नुपर्छ भन्ने मान्यता रहेको र उनीहरुका आफ्न्त आएर कति रकम भनेर सोध्दा आफुलाई पिडा महसुश भएको बताए । शोकमा परेका ब्यक्तिलाई केही राहत होस् आफुले उक्त निर्णय गरेको बताए ।

उनले समाज सेवागर्न पद नै चाँहीन्छ र ठूला काम मात्रै समाज सेवा हो भन्ने मान्यतालाई अन्त्य गर्दै सानो काम पनि समाजका लागी उदाहरणीय हुन्छ भन्ने सन्देश दिन पनि उक्त निर्णय गरेको जानकारी दिए ।

आफुले गरेको उक्त निर्णयबाट दुःखका बेला सानो भएपनि सहयोग हुने भएकाले यस्ता काम तर्फपनि हामी सबैले सोच्नुपर्ने कोइरालाले बताए । उनले मलामी लगेको समयमा चालकलाई दिनुपर्ने खर्चपनि आफैले ब्यर्होने समेत बताए । उनले समाजमा केही गर्छु भन्नेहरुलाई सबैले साथ र सहयोग रहने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah