के बि महरा/ कैलाली : बिगत केहीदिन यता प्रदेश ७ को स्थायि राजधानी कैलालिमा एक पछि अर्को गर्दै शृङ्खलाबद्द घटनाक्रम वृद्धि भएका छन्।

ब आतंककारी मानसिकता यतिसम्म हावी भएको छकि केही दिन अघि मात्रै नेपाल-भारत सिमा नजिक जुगेडा स्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी निरिक्षक(असई) गोविन्द बिक सहित एकजना सिपाहिको समेत ड्युटिको समयमा बिभत्स हत्या गरि नजिकै रहेको मोहना नदिमा फालिएको अवस्थामा सव बरामत गरिएको थियो । जनताको सुरक्षामा खटिएका प्रहरी स्वयम् असुरक्षित हुनुले जनमानसमा थप त्रासको बाताबरण सृजना गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कैलालीको जानकी गाउँपालिकामा कुटपिट गरी युवकको हत्या आरोपमा प्रहरिले थप ६ जनालाई पक्राउ गरेको बताएको छ ।

गएराती जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धानका लागि थप ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको हो । घटना असुसन्धानकै क्रममा रहेकाले थप विवरण खुलाउन नमिल्ने प्रहरिले जनाएको छ ।

तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरेको थियो ।

गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा मृत्यु भएको थियो ।

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।