काठमाडाैं : युट्युबमार्फत प्रकाशित गीतमा अश्लीलता झल्किएको र प्रहरीलाई बदनाम बनाएको आरोप लागेका भिटेन अर्थात् समीर घिसिङले फेरि गीतलाई लिएर माफी मागेका छन्।

गीतले सामाजिक विद्वेष फैलाएको र अश्लीलता झल्काएको भन्दै केही दिनअघि प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई अनुसन्धान गर्न भनेको थियो।

भिटेनले एक विज्ञप्ति निकाल्दै ‘कतिपय निकाय’लाई ठेस पुगेको गुनासो आएकाले उक्त गीत हटाइएको बताएका छन्। यही कार्तिक ८ गते पारा नामको एक गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका थिए।

साथै उक्त गीतमा भएका आपत्तिजनक शब्द हटाएर संशोधन गरिएको र चाँडै उक्त गीत सार्वजनिक गर्ने उनले जनाएका छन्। ‘उक्त गीतबाट सम्बन्धित निकाय र महानुभावमा पर्न गएको असुविधा र चोटप्रति क्षमायाचना गर्दछौं’, उनले विज्ञप्तिमा लेखेका छन्।

गत वर्ष पनि गीतकै कारण विवादमा आएका भिटेनलाई प्रहरीले पक्राउ गरी आइन्दा यस्तो गीत नबनाउने सर्तमा छाडेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah