बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको दमक पब्लिक लाइब्रेरीले अर्को रचनात्मक काम पनि शुरु गरेको छ । पराम्परागत उद्घोषण तालिमको सट्टा लाइब्रेरीले ३ दिवसीय ‘पब्लिक स्पिकिङ टे्रनिङ’ शुरु गरेको हो ।

शनिबारदेखि शुरु भएको यो टे्रनिङ सोमबारसम्म चल्ने लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले बताए । शनिबार पहिलो दिन कान्तिपुर एफएमका लोकप्रीय कार्यक्रमहरु प्रस्तोता राजेश पाण्डेले दिएको स्पिच उपयोगि रहेको उनले बताए ।