काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

गएकाे २४ घण्टामा १३ हजार २३ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार ६ सय २० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।

अब नेपालमा ३७ हजार सात सय ६५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार तीन सय ८६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय ६० पुगेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah