पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन लएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । पशुपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका,२०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घढटा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो
त्यति मात्र होइन, वृद्धावस्थामा पुगेका पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नु पर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ । पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्थ नेपालमा पहिलो पटक ल्याइएको हो ।



