सुदिप अधिकारी/झापा —पछिल्लो समय नेपालमा सुकुम्वासी समस्याले एउटा रोगकै रूप लिन थालेको छ । दिन प्रतिदिन सुकुम्वासीको संख्या बढ्दो गतिमा छ । यसको समाधानका लागि सरकारले उपयुक्त उपायको खोजी गर्न अझै सकेको छैन । जुनसुकै निर्वाचन आएपनि सुकुम्बासी बस्तीका बासिन्दा अपेक्षा राख्न भने कहिल्यै छाड्दैनन् । नदी किनार, मुख्य बजार आसपास, नहर वरपर अनि सरकारी वनभित्रका गन्जागोल छाप्रे बस्तीहरू देख्नेबित्तिकै सुकुम्बासी सम्झिनु सामान्य हो । सबै सुकुम्बासी नहुन सक्छन् पनि त्यसरी बस्नेहरू । सुकुम्बासीको यकिन नभई हुकुम्बासी कसरी छुट्टनिु र ? खास सुकुम्बासीलाई थान्को लगाउने नारा चुनावका बेला प्रायः दलले घन्काउँछन् । चुनावपछि जे त होला ! छटपटीमा रहेको हाम्रै समाजको यो वर्ग प्रायः राज्यसँग अपेक्षासँगै द्वन्द्वरत देखिन्छ । झापा कमल गाउपालिका ५ स्थित रतुवा नदि किनारमा बसोबास गरिरहेका सुकुम्बासी बलबहादुर तामाङ झण्डा बोकेर धेरै हिडेको अनुभव सुनाउछन् । तर अहिलेसम्म कसैले पनि आफ्ना मुद्धाहरुलाई बोक्न नसकेको प्रति उनको दुखेसो छ । भूमिका लागि पूर्वमा पनि दशकौंदेखि आन्दोलन भयो । सरकारले सुकुम्बासीलाई जग्गा दिन आयोग बनाएको बनायै गर्यो । तर उपलब्धी भने हाता लाग्यो शून्य भनेझै भयो । सुकुम्बासी संख्या घट्नुको साटो बढिरहेकै छ । समस्या समाधानका लागि राज्य गम्भीर नभएको आरोप छ बिर्तामोडस्थित अदुवा खोलाका सुकुम्बासी बस्तीका बासिन्दाको । झापा कमल गाउपालिका ५ मै रहेको सुकुम्बासी बस्तीमा २५ बर्षदेखि बसोबास गर्दै आएका आईतराज सेन्चुरी अब त आफ्ना माग कहिल्यै पूरा हुदैन भन्ने लागेको छ । राज्यसँग अपेक्षासँगै द्धन्द्धरत सुकुम्बासीहरु भनिरहेका छन् आफुहरु त दलहरूलाई सत्तामा पुग्नका लागि भर्याङ मात्रै बनाईएका छौ । जब सत्तामा पुग्छन् तब हामीलाई चटक्कै माया मार्छन । यसै भन्दैछन् झापाका सुकुम्बासीहरु । रतुवा नदि किनारमा २० बर्षदेखि बस्दै आएकी मनमाया बुढाथोकी नेताहरु देख्ने बित्तिकै आफुलाई रिस उठ्ने बताउछिन् । सुकुम्बासी भनेको भोट ब्याङ्क मात्रै हुन् र ? उनी प्रश्न गर्छिन । सुकुम्वासी समस्या गरिबी, जीविकोपार्जन र बसोबास सम्बन्धी समस्या हो । सुकुम्वासी बन्नु धेरैका लागि बाध्यता हो भने केहीका लागि लाभको विषय पनि बनेको छ । गास र बासका लागि सुकुम्वासी बन्ने बाध्यता पुरानै भए पनि पछिल्लो समयमा अवसरका लागि सुकुम्वासी बन्ने प्रचलन बढ्दै गएको छ । सुकुम्वासी समस्या सधैं रहिरहनु भनेको देशको आर्थिक सामाजिक विकासमा तगारो मात्र नभएर यो हरेक क्षेत्रका लागि ठूलो चुनौती समेत हो । यो समस्यालाई जति सक्दो छिटो राज्यले सम्बोधन गर्नु जरुरी छ । सुकुम्वासी समस्या समाधान गर्न सबैभन्दा पहिले बाध्यताले सुकुम्वासी बनेका र लाभका लागि सुकुम्वासी बनेकाहरूको पहिचान गर्न आवस्यक देखिन्छ ।
नेता ज्यू तपाइलाइ यसरी ढाँट्न लाज लाग्दैन हँ !
सवाल नेपालसंवाददाताआइतबार, १३ जेठ २०७४

नेता ज्यू तपाइलाइ यसरी ढाँट्न लाज लाग्दैन हँ !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



