काठमाडौं उपत्यकामा १ हजार ५३३ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बितको २४ घण्टामा पीसीआर थप १२ हजार ३११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४९३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।
यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १०८ पुगेको हो ।



