वैदेशिक रोगजारीका क्रममा विदेशिने नेपाली कामदारको मृत्युको तथ्याङ्क डरलाग्दो देखिएको छ । आर्थिक वर्ष (आव) २०७३/७४ को आर्थिक सर्वेक्षणका अनुसार विगत नौ वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा कार्यरत् ५ हजार ४ सय ४४ जनाले ज्यान गुमाएका छन् ।

सर्वेक्षणका अनुसार आव २०६५/६६ देखि २०७३/७४ को फागुन महिनासम्ममा ५ हजार ३ सय २८ पुरुष र १ सय १६ जना महिलाले रोजगारीका क्रममा विदेशमा मृत्युवरण गरेका छन् ।

चालू आवको फागुन सम्ममा मात्र ३ सय १५ जनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । जसमा ३ सय ८ पुरुष र ७ महिला छन् ।

आव २०७१/७२ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् । उक्त आवमा १ हजार पुरुष र ६ जना महिला गरी १ हजार ६ जनाले मृत्युवरण गरेका छन् ।

त्यस्तै, आव २०७२/७३ मा ८ सय १५, आव २०७०/७१ मा ८ सय ७६, आव २०६९/७० मा ७ सय २२ र आव २०६८/६९ मा ६ सय ४७ जनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

आव २०६७/६८ मा ५ सय ६६, आव २०६६/६७ मा ४ सय १९ र आव २०६५/६६ मा ७८ जनाले ज्यान गुमाएको आइतवार मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणका अनुसार विगत नौ वर्षमा ७ सय १८ जना विदेशमा रोजगारीका क्रममा विरामी र अंगभंग भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म विभिन्न मुलुकमा गरेर झण्डै ४० लाख नेपाली वैदेशिक रोजगारीमा छन् ।

चालू आवको फागुनसम्ममा विदेशमा मृत्युवरण गरेका मृतकका परिवारलाई ९ करोड ४० लाख १५ हजार रुपैयाँ र अंगभंग तथा घाईते भएका १ करोड ५८ लाख ९१ हजार रुपैयाँ आर्थिक सहायता दिइएको सर्वेक्षणमा जनाइएको छ ।

बैदेशिक रोजगारीका क्रममा विदेश गएर मृत्यु वरण गर्नेको संख्या माओवादी सशस्त्र संघर्षका क्रममा मारिएका मानिसको एकतिहाइ हुन आउँछ । सरोकारवालाहरु यसलाई बैदेशिक रोजगारीको एउटा भयाभह तस्वीरको रुपमा लिने गर्दछन् ।

तस्वीर स्रोतः इण्डियन एक्सप्रेसगतबर्ष अफगानस्तानको काबुलमा मारिएका नेपालीको शव अगाडी रुदै आफन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah