बिपिपि/दमक
दूइ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन अहिले सबैको चासोको बिषय बनेको छ । झापाको दमक पनि चुनावी माहोलबाट अछुतो रहेको छैन । दमकबाट स्वतन्त्र उम्मेदवारी दिने र पार्टीगत उम्मेदवारी दिने क्रम बढिरहेको छ ।
दमकमा आइतवारसम्ममा ८ जना मेयरका उम्मेदवारहरु देखा परेकाछन् ।
ठूला राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र राप्रपा देखि लिएर संघिय समाजबादी फोरम, साझा पार्टी, बिवेकशिल पार्टीले पनि मेयरको निश्चित गरिसकेकाछन् । एकजना स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिने बताएकाछन् ।
नेपाली काँग्रेसबाट ढुण्डिराज भण्डारी, नेकपा एमालेबाट रोमनाथ ओली, माओबादी केन्द्रबाट गगन पुरी, राप्रपाबाट राम थापा र संघिय समाजबादि फोरमका शतिस शाह, साझा पार्टीका अर्जुन बुढाथोकी र बिवेकशिल नेपालीको तर्फबाट सुवास सुवेदीले उम्मेदवारी दिदैछन् । स्वतन्त्रबाट बिरसिंह धिमालको उम्मेदावरी आउने तयारीमा रहेको छ ।



