दमक। झापाको दमक नगरपालिकाका कोरोना भाइरस संक्रमित मध्ये ४ सय ३१ जनाले कोरोना भाइरसलाई पराजित गर्दै कोरोना मुक्त भएका छन् । दमकमा हाल सम्म ४ सय १९ पुरुष र २ सय ८९ महिला गरी ७ सय ८ जना कारोना संक्रमित भएको तथ्यांक छ ।
तिनै ७ सय ८ जना मध्ये ४ सय ३१ जनाले कोरोना जितेका हुन् । अझै २ सय ५९ जना उपचाररत रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरस संक्रमणका कारण दमकका २६ जनाको मृत्यु भइसकेको छ ।



