हिन्दू शास्त्रमा प्रत्येक बारलाई प्रत्येक देवी देवतासँग जोडिएर हेरिने गरिन्छ। आइतबार सूर्य नारायण, सोमबार शिव भगवान र मंगलबार गशेण भगवानको पूजा आराधना गरिन्छ। त्यस्तै बुधबार विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ।

बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ। बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ।

कुनै नयाँ कामको थालनीका लागि बुधबारको दिन अति शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने धार्मिक विश्वास गरिन्छ। यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ।

पूजा गर्दा ध्यान दिनुहोस् यी कुरा

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध हुनुहोस् । त्यसपछि हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्र उच्चारण गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ। भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ। अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ।

किम्वदन्तीअनुसार एक पटक सुसुराली गएकी आफ्नी श्रीमतीलाई लिन गएका एक व्यक्तिले बुधरबारको दिन जबरजस्ती श्रीमतीलाई घर ल्याएको र त्यसक्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ। बुधबारको दिन यात्रा गर्न नहुने तर उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको हुँदा बुध भगवानले उनको परीक्षा लिएका हुन्छन्।

कथाअनुसार घर फर्कने क्रममा श्रीमतीलाई तिर्खा लाग्छ। तिर्खाएकी श्रीमतिका लागि पानी लिन ती मानिस आमखोरा लिएर पानीको खोजीमा जान्छन् । पानी लिएर आउँदा उनले आफु जस्तै अर्को व्यक्ति श्रीमतीसँग सँगै बसिरहेको देख्छ। यो देखेर उ क्रोधित हुँदै आफ्नी श्रीमतीसँग बस्ने तिमी को हौँ भनेर सोध्छ । ऊ जस्तै बहुरुपी व्यक्तिले पनि आफ्नी श्रीमती भएको बताउँछ। आफू अहिले भर्खरै ससुरालीबाट विदा मागेर आउँदै गरेको उसले बताउँछ।

दुबै जना एकअर्कासित झगडा गर्न थाल्छनु। त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लिन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोध्छन्, यी दुईजना मध्ये तिम्रो असली पति कुन हो ? त्यसपछि ती स्त्रीले जबाब दिन सक्दिन। किनभने दुबै व्यक्तिको सम्पूर्ण स्वरूप एकै किसिमको हुन्छ।

बिचरी त्यस स्त्रीले कसलाई आफ्नो पति भन्नु, अल्मल्ल र्छिन्। अनि ईश्वरसित प्रार्थना गर्दै भन्छिन्, ‘हे ईश्वर यो के विचित्रको लीला हो।’ त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरलाई पुकारर्दै रुन कराउन थाल्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah