काठमाडौं,१५ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालले आफूले प्राप्त गरेको पदक फिर्ता गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर पदक नलिने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले गणतन्त्र दिवसको उपलक्ष्यमा उनलाई सुप्रवल जनसेवाश्री पदकद्वारा विभूषित गर्ने निर्णय गरेको थियो । फेसबुकमा उनले भनेका छन्,‘गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु, पदकका लागि मेरो कुनै आकांक्षा थिएन र, छैन ।’