आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालले आफुले पाएको पदक नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा पदकका विषयलाई लिएर आलोचना भएपछि दाहालले पदक नलिने घोषणा गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेसबुकमा लेख्दै उनले भनेका छन् ‘गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु । पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।’

दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रधानमन्त्री पुत्र प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचीमा थियो ।