निर्वाचन सुरक्षाका लागि गस्तीमा खटिएको नेपाली सेनाको टोलीमाथि दाङमा गोली प्रहार भएको छ ।

गोली कसले प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । निर्वाचनको सुरक्षाका लागि हतियारसहित गस्तीमा गएको टोलीमा दाङको राजपुरमा गोली चलेको हो ।

गोली लागेर गस्तीमा रहेका एक एक सैनिक जवान घाइते भएका छन् । गोली लागेर रिपुमर्दन गण घोराहीमा कार्यरत सैनिक जवान किशन थापा घाइते भएका हुन् । घाइते थापाको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली कसले चलाएको हो भन्ने विषयमा छानविन भइरहेको रिपुमर्दन गणका गणपति राजन खडकाले जानकारी दिए ।