काठमाण्डौ । मंसिरको महिना विवाहको महिना मानिन्छ । तर यो वर्ष विवाहको साइत तुलनात्मक रुपमा कम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार यस वर्ष जम्मा १८ दिन मात्र विवाहको साइत रहेको छ । त्यसमध्ये पनि साइतका १४ दिन गइसकेकोले अब ४ दिन मात्र विवाहको साइत बाँकी रहेका छन् । बाँकी चारै दिन यही मंसिरमा साइत रहेकोले विवाहको चटारो बढेको छ ।
यस वर्ष गत वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते र असार ११, १३ र १४ गते विवाहको साइत रहेको समितिले जनाएको छ ।
अब विवाहको लागि बाँकी साइत यही मंसिर १६, २१, २२ र २६ गते मात्र समितिको भनाइ छ ।
समितिका अनुसार मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा यस वर्ष विवाहको लगन छैन ।



