काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ। बिहीबार मात्रै २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए।

शुक्रबार १९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड-१९) देखिएको छ। यो सँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म १६ लाख ४२ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै मन्त्रालयका अनुसार २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। २४ हजार ६६५ जना आइसोलेसनमा र ७५३ जना क्वारेन्टाइनमा छन्। नेपालमा कोरोनाबाट १२ सय ९८ जनाको मृत्यु भएको छ। शुक्रबार मात्र २२ जनाको कोरोनाबाट मृत्यु भएको छ। बिहीबार १७ जनाको मृत्यु भएको थियो।