सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु एकदमै असुरक्षित रहेको पाइएको छ । यस्तो हुदा धेरै प्रयोगकर्ताहरुको डेटा जोखिममा रहेको छ ।
सजिलो खालको पासवर्ड राखेमा ह्याकरहरले सजिलै अनुमान लगाएर ह्याक गर्न सक्दछन् । नर्डपासले गरेको सर्वेक्षणमा शीर्ष तीनमा १२३४५६, १२३४५६७८९ र पिक्चर१ रहेका छन् । त्यसपछि चौथो स्थानमा भने मात्रै ‘पासवर्ड’ लेखिएको छ । त्यसैगरी नै सूचीमा क्वेरटी, एबीसी १२३ र मिलियन २ रहेका छन् ।
प्रयोगकर्ताहरुले आईलभयू, ओएमजीपप, आस्ले, च्याटबुक्स, प्रिन्सेस, सनसाइन, ड्रागन र पोकेमन जस्ता पासवर्डहरु सकेसम्म प्रयोग गर्नुहुदैन् ।
नर्डपासले मूल्याकंन गरेको २७५,६९९,५१६ डेटाबेस मध्य १२२,८९४,७८८ ओटा पासवर्डहरु मात्रै युनिक रहेका छन् । अरु भने धेरै जसो दोहोरिएको नै थियो ।
यो वर्ष सबैभन्दा धेरै प्रयोग गरिएका २०० मध्ये ७८ ओटा पासवर्डहरु मात्रै नयाँ रहेका थिए । त्यहीभएर पासवर्ड परिवर्तन गर्नु नै राम्रो उपाय हुन्छ ।
चर्चित पासवर्ड ‘१२३४५६’ २३,५९७,३११ चोटि ब्रिच गरिएको छ । त्यसैले अलि जटिल खालको पासवर्ड प्रयोग गर्नुपर्छ । यी हुन् सन् २०२० का सबैभन्दा धेरै प्रयोग गरिएका २० पासवर्ड
१. 123456 २. 123456789 ३. picture1 ४. password ५. 12345678 ६. 111111 ७. 123123 ८. 12345 ९. 1234567890 १०. senha ११. 1234567 १२.qwerty १३. abc123 १४. million2 १५. 000000 १६. 1234 १७. iloveyou १८. aaron431 १९. password1 २०. qqww1122










