दमक। झापाको दमक नगरपालिकाका कोरोना संक्रमित मध्ये ५ सय ५४ जनाले कोरोना जितेका छन् । मंगलबार सम्मको पीसीआर परीक्षणको रिपोर्टमा दमकका ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यद्यपी ५ सय ५४ जना कोरोना मुक्त भएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो । यो संख्या संक्रमितको ६० प्रतिशत बढी हो ।
उहाँका अनुसार हाल ३ सय ३९ जना उपचाररत छन् । हिजो ३३ पुरुष र १८ महिला गरी थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । अहिले सम्म कोरोना संक्रमणका कारण दमकका २९ जनाको मृत्यु भइसकेको छ ।



