झापाको दमक नगरपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ९ सय ९२ पुगेको छ । आज थप ६ पुरुष र ५ महिला गरी ११ संक्रमित थपिएसँगै दमकमा कोरोना संक्रमितको संख्या ९ सय ९२ पुगेको हो ।

यद्यपी ६ सय ६ जनाले कोरोना जितेर कोरोना मुक्त भएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँका अनुसार हालसम्म दमकका कोरोना भाइरस संक्रमणका कारण २२ पुरुष र ८ महिला गरी ३० जनाको मृत्यु भइसकेको छ भने अहिले एक सय ४७ पुरुष र २ सय ९ महिला गरी ३ सय ५६ जना उपचाररत छन् ।