कोरोनाविरुद्ध निर्माण भइरहेका दर्जनभन्दा बढी खोपको अध्ययन भइरहेको छ । ती खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ र केही खोप ९५ प्रतिशत सफल भएको नतिजाहरु सार्वजनिक भएका छन् ।

यद्यपि त्यो नै अन्तिम नतिजा भने होइन । क्लिनिकल ट्रायलमा सफल भएको प्रारम्भिक आँकडाहरु सार्वजनिक भएका ती खोपहरुका बारेमा अध्ययन भइरहेको छ । प्रारम्भिक नतिजाको आधारमा नै कुन खोप राम्रो– नराम्रो हो भन्न सकिँदैन ।

अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोपले ९५ प्रतिशत सफलता हात पारेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप एमआरएनए—१२७३, ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी भएको ती कम्पनीहरुले दाबी गरेका छन् । उता रुसी खोप स्पुतनिक–भी ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तर हालसम्म सबैको प्रारम्भिक नतिजा आए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । त्यसैले विश्वमा निर्माण भइरहेको खोपहरुको कार्यदलले गहन रुपमा अध्ययन गरिहेको छ ।

पछिल्ला दुई सातायता क्लिनिकल ट्रायलमा रहेका केही खोपको प्रभावकारिता बढेको खबर विश्व बजारमा चर्चा भइरहँदा नेपालमा कसरी खोप भित्र्याइन्छ ?

कोरोनाभाइरस विरुद्धको खोप नेपालमा २ तरिकाबाट खोप ल्याउने तयारी भइरहेको छ । एउटा कोभ्याक्समार्फत नेपालले खोप भित्र्याउँछ । विश्वका गरिब राष्ट्रहरुलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, यूनिसेफ, विश्व बैंक र गाभीसम्मिलित गठबन्धन बनेको छ । त्यसलाई कोभ्याक्स नामाकरण गरिएको हो ।

कोभ्याक्सले पूर्णरुपमा आफैँ खोप खरिद गर्न नसक्ने गरिब राष्ट्रलाई कोभिड–१९ खोपको समान वितरण गर्छ । कोभ्याक्समार्फत २० प्रतिशत खोप सहुलियत दरमा आउँछ । उक्त खोपका लागि करिब ६० अर्ब लाग्ने समेत अनुमान गरिएको छ । खोप खरिदको लागि चाहिने रकम जुटाउन कोष खडा गर्ने तयारीसमेत नेपाल सरकारले गरिरहेको छ ।

त्यसबाहेक, नेपाल सरकार स्वयंले खरिद गरेर खोप भित्र्याउँछ । त्यसका लागि सरकारले गत बुधबार अध्यादेशसमेत ल्याइसकेको अवस्था छ । क्लिनिकल ट्रायलमा रहेका खोपको अन्तिम नतिजा सार्वजनिक भएपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा दिएर सरकारले खोप खरिद गर्न सक्छ ।

नेपालमा कोभ्याक्समार्फत् आउने २० प्रतिशत खोप क-कसले पाउँछन् ? कति प्रतिशतलाई खोप दिने सरकारले तयारी गरेको छ ?

कोरोनाविरुद्धको खोप आएपछि पहिलो प्राथमिकतामा अग्रपंक्तिमा मोर्चामा खटिएका स्वास्थ्यकर्मी पर्छन् । २० प्रतिशत खोपमध्ये ३ प्रतिशत खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकमीलाई दिइन्छ । त्यसैगरी, सामाजिक अभियन्ताहरु पनि प्राथमिकतामा पर्छन् । उमेर समूहको प्राथमिकताको आधारमा छनोट गरेर खोप दिइन्छ ।

हालसम्म कुल जनसंख्याको ७२ प्रतिशतलाई नेपाल सरकारले नै भ्याक्सिन दिने योजना बनाएको छ । यसका लागि ४८ अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक भाइल खोपलाई औसतमा १० डलरको मुल्य राखेर यो लागत अनुमान गरिएको हो । कोभ्याक्सको गठबन्धनमा नेपालसहित १ सय ७२ वटा राष्ट्र सहभागी छन् ।

त्यो भए नेपालमा खोप कहिलेसम्म आउँछ ?

कोरोनाभाइरस विरुद्धको खोप नेपालमा कहिलेसम्म ल्याउन सकिन्छ भनेर भन्न सकिँदैन । अहिले खोपको प्रारम्भिक नतिजा मात्रै आएको छ । त्यसैले अन्तिम नतिजाका लागि हामीले कुर्नुपर्छ । निर्माणको अन्तिम चरणमा पुगेका भनिएका खोपहरुले स्वीकृति पाउनै बाँकी छ । कोरोनाभाइरस विरुद्ध निर्माण गरिएको खोपले स्वीकृति पाउनेबित्तिकै नेपालमा आउँछ । संसारका धनी गरिब सबै मुलुकहरुले समान रुपमा खोप पाउनुपर्छ भनेर निर्माण गरिएको कोभ्याक्सले क्लिनिकल ट्रायलको अन्तिम चरणमा पुगेका खोपहरुको खरिदको लागि माग गरिसकेको छ । त्यसैले त्यहाँबाट सिफारिस भएका खोप हामीले पनि पाउँछौं ।

नेपालमा खोप ल्याइएको अवस्थामा त्यसका मापदण्डअनुसार खोप भण्डारण गर्न र खोप केन्द्रसम्म पु-याउनका लागि प्रविधि र जनशक्तिको अभाव छ भनिन्छ । कसरी व्यवस्थापन गर्नु हुन्छ ?

कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेको खोपले अन्तिम रुप पाएर विश्व बजारमा आएको छैन । त्यसैले खोपको निक्र्योल नभइकन हामीले अहिले नै भण्डारणको लागि हतार गर्नु उचित हुँदैन । हाललाई माइनस २० डिग्री र २ देखि ८ डिग्रीमा राख्नुपर्ने खोपको भण्डारण गर्न सक्ने नेपालसँग क्षमता छ ।

२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोपले सफलता पाएर हाम्रो देशमा आएको खण्डमा खोप सस्तो, प्रभावकारी, सहज हुन्छ । माइनस ७० डिग्रीमा राख्नुपर्ने खोपको हकमा हामीसँग तत्काल त्यसका लागि आवश्यक संरचना छैन । तर निर्माण भइरहेका खोपले सफलता हात पारेको खण्डमा नेपालमा कुन खोप भित्र्याइन्छ , त्यहीअनुसार भण्डारणको लागि तयारी गर्छौं । अर्को कुरा, कोभ्याक्सले सबै राष्ट्रलाई अनुकल हुने गरी भण्डारण गर्न सक्ने, किन्न सक्ने, आदि गुणस्तरलाई आधार मानेर खोप छनौट गर्न सक्छ । त्यसैले खोप भण्डारणको तयारीको सन्दर्भमा हाल निर्माण भइरहेका खोपको अन्तिम नतिजालाई कुर्नुको विकल्प छैन ।

यसको अर्थ हामीले तयारी नै गरिरहेका छैनौँ भन्ने होइन । हामीले भण्डारणका लागि तयार चाहिँ गरिरहेका छौं । अहिलेसम्मको योजनाअनुसार नेपालमा दिँदै आइरहेका अन्य खोप जस्तै कोभिड–१९ को खोपलाई पनि स्थानीय तथा प्रदेशिक र केन्द्रियतहका खोप केन्द्रमा पुगेर संस्थागत रुप दिइन्छ । आवश्यक परेको खण्डमा दक्ष जनशक्ति तथा प्रविधिको थप गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah