झापाको दमकमा दुर्गा काफ्लो पछिल्लो समय अपरिचित नाम होइन । एउटी शिक्षिकामात्र नभएर राजनीतिक र सामाजिक रुपमा समेत उनि परिचित नै रहेकीछन् । हरेक सामाजिक कार्यक्रमहरु अगाडि देखिने उनि हरेक बर्ष आफ्नो जन्मदिनलाइ फरक रुपमा मनाउने गदर्छिन् ।
उनल्े सोमबार आफ्नो जन्मदिन अनाथआश्रमका बालबालिकाहरुसंग मनाइन् । उर्लाबारीमा रहेको नमुना बाल अनाथश्रममा आवश्यक तन्दाको कपडा र केहि दिनलाइ खाजा सामाग्रि लिएर उनि बिहानै त्यहाँ पुगिन । आश्रमकी आमा मीना बराल र आश्रमका बालबालिकाहरुले उक्त सहयोग खुसिका साथ लिएका थिए । सो अवसरमा काफ्लेले आफूले यस्तो ठाँउमा आएर जन्मदिन मनाउन पाउदा गर्व लागेको बताइन् ।
उनले आफूले प्रत्येक बर्ष यसरी नै केहि न केहि गरेर जन्मदिन मनाएको सुनाउदै बाचुन्जेल तडकभडक भन्दा यसै किसिमले रमाउने उनले सुनाइन् । उनले बालबाकिलाको खुसि देख्दा आफ्नो मन रमाएको जनाइन् । आफू सम्पती भएर भन्दा मन मन फुकाएर यो काम गरेको उनको भनाइ थियो ।
पाणिनि माबिकी शिक्षिका रहेकी काफ्लेले पाणिनि माबिमा पनि गत बर्ष सरस्वतीको मन्दिर बनाइदिएकी थिइन् । बिद्यालयका प्रधानअध्यापक रत्नमान श्रेष्ठले काफ्लेको सहयोगिको भावाना देखेर आफू पनि प्रभावित भएको बताए । उनले काफ्लेबाट धेरै सिक्नु पर्ने अवस्था रहेको सनाए ।



