बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटना भएको छ । दुई जनाको जीवितै उद्दार गरिएको छ ।
विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।
सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।



