दमक-२०७३-०६-१८ ,संघीय लिम्बुवान पार्टीका सर्वोच्च नेता कमल छाराहङ्गले पार्टी परित्याग गर्दै नयाँ पाटीको घोषणा तिहार अगावै गर्ने घोषणा गरेकाछन् । लिम्बुवान पार्टीको एकताको महाअघिवेसन अबैधानिक र कानून सम्मत नभएकाले उक्त पार्टीको कार्यशैली चित्त नबुझेकाले पार्टी छाड्नु परेको उनले बताए ।
झापाको दमकमा मंगलवार बिहान पत्रकार सम्मेलन गरेर छराहाङले भने–महाअधिवेसनका प्रतिनिधि र पर्यबेक्षक गइसकेपछि नयाँ समिति घोषणा भएको छ र यो बैधानिक नरहेको स्पष्ट हुन्छ । उनले उक्त महाअधिवेसनले कुनै पनि निर्वाचन समिति समेत नबनाएको आरोप पनि लगाए । महाअधिवेसनमा कुनै पनि बिचार, कार्यदिशाको बिषयमा छलफल नभएको र पद बाँडफाडमात्र भएकाले लिम्बुवान पार्टी अब पार्टी नरहेकाले त्यहाँ बस्नुको औचित्य नदेखिएको उनको तर्क रहेको थियो ।
संघीय लिम्बुवना पार्टी नेपालको असोज ४ गते देखि ८ गते सम्म भएको पहिलो एकताको महाधिवेशनबाट पर्टी परित्याग गरेको घोषणा गरेको जनाउदै पार्टीमा सङ्किर्ण जातिवादी सोच बढेकाले यहाँ रहन नसकिएको स्पष्ट पारे । लिम्बुवानी जनताको हित बिपरित पार्टी अघि बढेकाले नयाँ शक्ति आवश्यक भएकाले यस बिषयमा गम्भिर छलफल गरेर नयाँ पार्टीको घोषणा हुने उनले जनाए ।
आफू निकट रहेका केहि नेताले आफूलाई पेस्तोल देखाएर तर्साएको भन्ने बारिह आएको भन्दै यसको खण्डन समेत उनले गरेकाछन् । उनको साथमा दमकका लिम्बुवानका नेता जीतेन राइ मात्र पत्रकार सम्मेलनमा देखिएका थिए । छराहाङले लिम्बुवानलाई चाहाने सबै क्षेत्र, समुदाय र बर्गलाई समेटेर नयाा पार्टी घोषणा हुदा सबै अचम्मित हुने ठोकुवा समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय