बिपिपि

झापाको दमक बिचित्रको रहेको छ । कहाँ कस्को पल्लाभारी छ भनेर निक्र्योल गर्नै गाहे् पर्छ । राजनीतिक दलहरुबीचको आन्तरिक कलह र ब्याक्तिगत टकराव यहाँ मज्जाले देख्न सकिन्छ ।

नेपाली काँग्रेसका युवा नेता ढुण्डिराज भण्डारीले आन्तरिक रुपमा पार्टी राजनीतिमा अहिलेसम्म हारेका छैनन् । एकपछि अर्को फड्को मारिरहेकाछन् । अप्रत्यारिलो रुपमा दमकको काँग्रेस सभपाति बनेका उनि अहिले क्षेत्रिय सभापति रहेकाछन् । आन्तरिक रुपमा चुनाव गरेर  युवा उमेरमा यस्तो जिम्मेवारी पाउने उनि हुन् ।

युवा उम्मेदवारको रुपमा उनलाइ लिइन्छन् । अहिले युवालाइ जिम्मेवारी दिनु पर्ने बहस पनि भइरहेको छ । तर मतदाता भने धेरैजसो पाकाहरु नै रहेकाछन् ।

यस्तो अवस्थामा युवालाइ उनिहरुले मतदान गर्लान ? यो पनि बिचारणिय रहेको छ । मतदाताहरु सधै एउटाको पेवा हुदैनन् भन्ने त यहाँका बिभिन्न निर्वाचनले देखाएकाछन् । यसर्थ उम्मेदवारका लागि चुनौती त छदैछ ।

नेपाली काँग्रेसबाट दमकमा उम्मेदवारहरुको धेरैको चर्चा भयो । भण्डारीको चर्चासंगै अरुको चर्चा बढि नै रहेको थियो । अन्त्यमा निर्णय गर्ने समयमा उनको निर्णय भयो र मेयरको उम्मेद्वार बने । अहिले भोट माग्न ब्यस्त रहेकाछन् । पार्टीको आन्तरिक जिबनमा जस्तो उनि सफल बन्लान त ? यो भने अझै केहि समय कुर्नु नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय