दमक। झापाको दमक नगरपालिकामा आज थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज दमकका १६ पुरुष र ११ महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार योसँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार ३५ पुगेको छ । यद्यपी ६ सय ९० जनाले कोरोना जिति सकेको पनि वहाँले जानकारी दिनुभयो ।
संक्रमित मध्ये अहिले एक सय ८६ पुरुष र एक सय २९ महिला गरी ३ सय १५ जना उपचाररत रहेका छन् । हालसम्म दमकका २२ पुरुष र ८ महिला गरी ३० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।



