बितेको २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११ महिला र ७४४ पुरुष गरी १२५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा थप १४०४ जना संक्रमण मुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।

अब देशभर कोरोनाका सक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् भने कुल मृतकको संख्या १४७९ जना रहेको छ । हाल कोरोना निको हुने दर ९१.६ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा २४४ महिलार र ३०४ पुरुष रहेका छन् ।