दमक । दमक उद्योग बाणिज्य संघ झापाले नगरलाइ अदुवामा आत्मनिर्भर बनाउनका लागि अभियान शुरु गरेको छ । दमक कृषिमा आधारित शहर रहेकाले कृषकहरुलाइ ब्यवसायिक प्रवद्र्धनका गर्दै अदुवामा आत्मनिर्भर बनाउनका लागि योजनाका साथ अघि बढेको बाणिज्य संघले जनाएको छ ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार नेपाल उद्योग बाणिज्य संघसंगको सहकार्यमा कृषिमा आधारित परियोजनाहरु सञ्चभालन गर्ने क्रममा अदुवाबाट शुरु गरिएको बताउनु भयो ।
प्रारम्भिक चरणमा दमकमा रहेको मूल कृषक समुह र अन्य कृषक समुहहरुलाइ १ हजार केजि अदुवाको बीउ बितरण गरिएको ढकालले जनाउनु भयो । यसभन्दा अगाडि बाणिज्य सघले कहिल्यै पनि कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गरेको थिएन । यो पहिलो पटक हो ।
बार्षिक रुपमा यो कार्यक्रमलाइ निरन्तरता दिने उदेश्यले मूल कृषक समुह र कृषक समुहहरुलाइ उत्पादन गरेर बीउ फिर्ता गर्नु पर्ने शर्त सहित १ हजार केजि अदुवाको बीउ प्रदान गरिएको उहाँले जनाउनु भयो । दमकमा अदुवा खेतीको
सम्भावाना राम्रो रहेको र दैनिक लाखौ रुपियाको अदुवा दमक बाहिरबाट आउने गरेको उहाँले जानकारी दिनु भयो । दूइदेखि तीन बर्षभित्रमा दमकलाइ अदुवामा आत्मनिर्भर बनाउन सकिने बाणिज्य संघले अध्ययन गरेको जनाईएको छ ।
अदुवाको बीउ बितरण गरेपछि किसानहरु पनि उत्साहित भएको बाणिज्य संघले जनाएको छ । बाणिज्य संघ
ब्यापारीहरुको हकहितमा मात्र नभएर यहाँका कृषकहरुको जिबनस्तर उकास्न पनि आफूहरु लागि पर्ने बाणिज्य संघका द्वितिय उपाध्यक्ष युवराज घिमिरेले बताउनु भयो । कृषिमा आधारित ब्यवसाय प्रवद्र्धनका लागि बाणिज्य संघले गुरुयोजना बनाएर अघि बढ्ने सोच अनुसार काम अघि बढाएको पनि उहाँले बताउनु भयो ।
माछा पालनको अध्ययन शुरु
यसैगरि दमक उद्योग बाणिज्य संघले दमक तथा आसपासमा ब्यवसायिक माछापालनको सम्भाब्यता अध्ययन शुरु गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको सरकारसंग साझेदारीमा हुने एक गाँउ एक उत्पादन कार्यक्रम अन्र्तगत माछा पालनको बिषयमा अध्ययन र सरोकारवालाहरुसंग छलफल भइरहेको बाणिन्य संघका अध्यक्ष ढकालले बताउनु भयो ।
एक चरणमा ब्यवसायिहरुसंग छलफल भइसकेको र माछा पालनमा ब्यवसायिहरु पनि आकर्षित रहेको पाइएको उहाँको भनाइ रहेको छ । दैनिक भारतबाट ५ हजार केजिभन्दा बढि माछा दमक र आसपासको क्षेत्रमा आउने गरेको बताइन्छ । यो माछा धेरै समय अगाडि मरेको र स्वास्थ्यका लागि अस्वस्थकर रहको पनि बताइदै आएको छ ।



