झापाको दमक नगरपालिकाका थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ८ पु्रुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार ५७ पुगेको छ । जसमा ६ सय २८ पुरुष र ४ सय २९ महिला छन् । यद्यपी ७ सय ८४ जना कोरोना मुक्त भइसकेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल २ सय ४३ जना उपचाररत छन् । अहिले सम्म दमकका ३० जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भइसकेको छ ।



