भरतपुरमा नेकपा एमालेका अगुवाइमा आज पुन मतगणनाको माग गर्दै भरतपुरका हजारौ नागरिक सडकमा उत्रेकाछन् । उनिहरु पुन मतदान हुनै नसक्ने बताउदै तत्काल मतगणना गराउनु पर्ने माग अघि सारेर देबी आउ भरतपुर जोगाउ भन्दै नारबाजि समेत गरेकाछन् ।
अहिले एमालेका
मेयरका उम्मेदवार सहितका एमालेका नेता कार्यकर्ताहरु मतगणनास्थल छेउमा अनसनमा बसेकाछन् । निर्वाचन आयोगले बनाएको छानबिन समितिले काम शुरु गरिरहेको र बयान लिइरहेको अवस्थामा जनसागर उर्लिएको देखेर समितिका सदस्यहरु पनि आश्चर्य चकित भएको बताईएको छ ।
अहिले भरतपुरमा नियोजित रुपमा मतपत्र च्यातिएको भनेर काँग्रेस अन्य राजनीतिक दलका आम कार्यकर्ताहरुले पनि एमालेको पक्षमा देखिन थालेको बताइएको छ । ![]()
घटनाको बिषयमा बुझ्नका लागि एमालेका महासचिब इश्वर पोखरेल पनि भरतपुर पुगेकाछन् । उनले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतसंग घटनाको बिषयमा बुझीरहेको जनाइएको छ ।
एमालेले कम्तिमा पनि ८ सय मतले जित्ने दाबी गर्दै सत्ताको चरम दूरुपयोग भएको आरोप लगाउदै आएको छ । एमालेका उम्मेदवार देबीप्रसाद ज्ञवालीले पुन मतगणना गर्न भन्दै हार स्वीकार गर्न सक्नु पर्ने बताएकाछन् । उनले पुन चुनाब स्वीकार्य नहुने बताएकाछन् ।



